नियम १९
सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिलाई उत्पादन, प्रसारण वा वितरणको अनुमतिपत्र प्रदान गरिने
विद्युत उत्पादन, प्रसारण वा वितरण मध्ये कुनै एक वा सबै कामको सर्वेक्षण गर्न नियम ८ वा ९ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको सर्वेक्षण बमोजिमको विद्युत उत्पादन, प्रसारण वा वितरण सम्बन्धी निर्माण, संचालन तथा सम्भार कार्यको लागि पनि सर्वेक्षण अनुमतिपत्रको म्यादभित्रै नियम १२, १३ र १४ बमोजिमका विवरणहरु खुलाई दरखास्त दिएमा यस नियमावलीको अन्य व्यवस्थाहरुको अधीनमा रही दरखास्तवालालाई त्यस्तो अनुमतिपत्र दिइनेछ ।